पाथसिड नेपालको अध्यक्षमा ढकाल नियुक्त

पाथसिड नेपालको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं : उकेरा डटकमको प्रकाशक संस्था पाथसिड नेपाल प्रालिको अध्यक्षमा सुरेश ढकाल नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

२५ वर्षदेखि मिडिया क्षेत्रमा सक्रिय ढकालसँग यस अगाडि कान्तिपुर र दि काठमाडौं पोस्टको प्रकाशन संस्था कान्तिपुर पब्लिकेसन, नागरिक, रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालि र नेपाललाइभ डटकम र स्वास्थ्यखबरको प्रकाशन संस्था हेल्प पब्लिकेसन प्रालिमा काम गरेको अनुभव छ।

नवनियुक्त अध्यक्ष ढकाललाई पाथसिडका संस्थापक सन्तोष बर्तौला, प्रधानसम्पादक केपी ढुङ्गाना लगायत उकेरा टिमले स्वागत गरेका थिए।

बुधवारबाटै अध्यक्षको जिम्मेवारी सुरु गरेका ढकालले छोटो अवधिमा मिडिया क्षेत्रमा उकेराले अलग र प्रभावकारी पहिचान बनाउन सफल भएकाले आगामी यात्रामा थप प्रभावकारी बनाउने बताए।

'मिडियाको सम्पत्ति भनेको पाठकको विश्वास हो। यसमा उकेरा सफल देखिन्छ,' नवनियुक्त अध्यक्ष ढकालले भने, 'यसलाई थप बढाउन उकेरा परिवार क्रियाशील हुनेमा म विश्वस्त छु।'

प्रधानसम्पादक ढुङ्गानाले नेपाली मिडिया क्षेत्रमा दुई दशकदेखि संलग्न ढकालको नेतृत्वमा उकेराले अनलाइन सञ्चार माध्यममाझ थप प्रभावकारी यात्रा अगाडि बढाउन सफल हुने विश्वास व्यक्त गर्दै चाँडो हुने प्रतिस्पर्धामा नलागी तथ्यपरक सामग्री प्रकाशनको यात्रालाई थप तेजिलो बनाउने बताएका थिए।

असार १, २०७९ बुधबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।