राज्यमन्त्री विमला वली घटनाको छानबिन गर्न समिति गठन

बुटवल : लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन्।
घटनाको सत्य-तथ्य छानबिन गरी समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।
राज्यमन्त्री वली विरुद्ध परपुरुषकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा उजुरी परेको छ।
असार १, २०७९ बुधबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।