प्युठानमा जिप दुर्घटनाः एकको मृत्यु, ८ जना घाइते 

प्युठानमा जिप दुर्घटनाः एकको मृत्यु, ८ जना घाइते 

प्युठान : प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । 

स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो। चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ।

असार १, २०७९ बुधबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।