पुराना जहाजको आयु तोक्दै सरकार, १० र १५ वर्ष बनाउँदै

काठमाडौँ : हवाई दुर्घटना नियन्त्रण गर्न सरकारले किन्ने पुराना जहाजको अवधि वर्ष घटाएको छ। यस अगाडि १५ र २० वर्ष पुराना जहाज समेत किन्न पाइने नियम थियो। सरकारले त्यसलाई घटाएर सुगम स्थानमा उड्ने प्रेसरराइज जहाज १० वर्षको र दुर्गममा उड्ने ननप्रेसराइज जहाजको उमेर निर्माण भएको १५ वर्ष तोकेको हो।
पर्यटन मन्त्री प्रेमबहादुर आलेले संसद्मा बोल्दै पुराना जहाज किन्ने र त्यसले दुर्घटना हुने गरेको भन्दै नियमनकारी निकाय, जहाज निर्माता कम्पनीले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेर जहाजका पार्टपुर्जा निश्चित अवधि भित्रै परिवर्तन गर्ने भएकाले जहाज निश्चित समयमा मात्र पुरानो हुने बताएका थिए।
मन्त्रालयको विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले दुवै प्रकारका जहाज किन्ने अवधि तोक्ने तयारी भइरहेको बताएका हुन्।
असार १, २०७९ बुधबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।