कनेक्ट आइपिएसले नयाँ ग्राहकलाई ५० रुपैयाँ बोनस दिने

काठमाडौँ : बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूलाई प्रणालीमा आबद्ध गराउन कनेक्ट आइपिएसले असार १ बाट कनेक्ट आइपिएस इलेक्ट्रिक अफर ल्याएको छ। कम्पनीका अनुसार यो अफर असार ३२ गतेसम्म लागु हुनेछ।
यो अफरमा बैङ्क तथा वित्तीय संस्थाका ग्राहले अनलाइन रजिस्टर गरेर मोबाइल नम्बर या इमेलबाट भेरिफाइ गराउँदा ५० रुपैयाँ रिचार्ज पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। यी ग्राहकमध्ये एक जनाले इलेक्ट्रिक स्कुटर जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार यो अफर नयाँ ग्राहकहरूमा मात्र लागु हुनेछ।
असार १, २०७९ बुधबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।