जनकपुर हिँडेकी यात्रुको झोलामा गोली भेटिएपछि प्रहरी नियन्त्रणमा

काठमाडौँ : बुद्ध एयरको विमानबाट जनकपुर त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेकी एक यात्रुको ब्यागमा गोली फेला परेपछि उनी पक्राउ परेकी छिन्।
आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचको क्रममा उनको झोलामा एक राउन्ड गोली बरामद भएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई नियन्त्रणमा लिएको हो।
विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड ब्यागेज परीक्षण क्षेत्रमा उनलाई नियन्त्रणमा लिइएको हो। विमानस्थल प्रहरीले उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त, गौशालामा पठाइएको छ।
असार १, २०७९ बुधबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।