१० दिन पहिलेको घटनामा रिसइबी साधेर खुकुरी प्रहार गर्ने ट्रिनिटी कलेजका चार जना पक्राउ

१० दिन पहिलेको घटनामा रिसइबी साधेर खुकुरी प्रहार गर्ने ट्रिनिटी कलेजका चार जना पक्राउ

काठमाडौंः प्रहरीले ट्रिनिटी कलेजका चार विद्यार्थीलाई पक्राउ गरेको छ। कलेजकै सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपीन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौं टोखाका १८ वर्षीय प्रतीक खतिवडा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसइबी साधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिए।

सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको छ। उनी हाल मोडल अस्पताल बागबजारमा उपचाररत छन्।

असार १, २०७९ बुधबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।