सुनको मूल्य आज प्रतितोला ६ सयले घट्यो

सुनको मूल्य आज प्रतितोला ६ सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। हिजो एकैदिन १८ सयले घटेको सुनको मूल्य आज ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० पुगेको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पुगेको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

असार १, २०७९ बुधबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।