चुँदीखोलाको बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

चुँदीखोलाको बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँः गए राति परेको भीषण वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ। खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।

पुलमा क्षति पुगेपछि हाल चारपाङ्ग्रे सवारीसाधन अवरुद्ध भएको छ। बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।

असार १, २०७९ बुधबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।