टोखामा कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

टोखामा कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाडौंः कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ। काठमाडौंंको टोखा नगरपालिका- ६ धापासी डाँफे कोलनी नजिकै भएको दुर्घटनामा प्रियान्स उप्रेतीको मृत्यु भएको हो।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। हिजो दिउँसो ३ बजे प्रदेश-१-०२१च २९५६ नम्बरको कारले प्रदेश-२-०३५प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

कारसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।

असार १, २०७९ बुधबार ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।