बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन :अर्थमन्त्री शर्मा

बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन :अर्थमन्त्री शर्मा

काठमाडौँ :अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए। 

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ। 

जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरुले विरोध जनाइरहेका छन्। एमाले प्रमुख सचेकत विशाल भट्टराई बोलिरहेका छन्। 

जेठ ३१, २०७९ मंगलबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।