सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ : झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन्। उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–११ पृथ्वीनगर चोकमा लु।१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ ३१, २०७९ मंगलबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।