बुर्किना फासोमा जिहादीद्वारा आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु

बुर्किना फासोमा जिहादीद्वारा आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु

एजेन्सीः बुर्किना फासोमा जिहादीहरूले गरेको आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। सरकारका प्रवक्ता लियोनेल बिल्गोले सोमबार यस्तो जानकारी दिएका हुन्।

शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको उनले बताएका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले बताए।

यता युरोपियन यूनियनले आक्रमणमा एक सयभन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ। मानवीय संस्थाहरूले सो क्षेत्रबाट भागेर करिब तीन हजार मानिस निस्किएका र तिनलाई छिमेकी शहरमा राखिएको बताएका छन्।

जेठ ३१, २०७९ मंगलबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।