राज्यमन्त्री वलीलाई प्रहरीले गर्‍यो उद्धार, महिला र बालिकामाथि हातपात गरेपछि स्थानीयले हालेका थिए घेरा

राज्यमन्त्री वलीलाई प्रहरीले गर्‍यो उद्धार, महिला र बालिकामाथि हातपात गरेपछि स्थानीयले हालेका थिए घेरा

बुटवलः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई स्थानीय महिलाहरूले घेरा हालेपछि प्रहरीले उद्धार गरेको छ। गृहजिल्ला दाङ पुगेकी वलीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको भन्दै महिलाहरूले वलीलाई घेराबन्दी गरेर राखेका थिए।

पछि प्रहरी पुगेर उद्धार गरेको दाङ प्रहरीले जनाएको छ।


तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घर

महिलामाथि हातपात भएको र सोही सिलसिलामा स्थानीयले राज्यमन्त्रीलाई घेरेर राखेको खबर पाएलगत्तै प्रहरी पुगेर उद्धार गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए।


राज्यमन्त्री वलीले हातपात गरेको भनिएकी महिला र बालिका

राज्यमन्त्री वली अहिले तुलसीपुरस्थित प्रहरी कार्यालयमा छिन्।

गत वर्ष भदौमा वलीले एकराजलाई चुम्बन गरेको फोटो सार्वजनिक भएको थियो। फोटो भाइरल भएपछि उनले तस्बिर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन्।

जेठ ३१, २०७९ मंगलबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।