सुनको मूल्य तोलामा एकैदिन १८ सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। आज प्रतितोला एक हजार ८०० ले सुनको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको बजार मूल्य तोलामा ९७ हजार १०० कायम भएको छ। यसअघि छापावाल सुन ९८ हजार ९०० रुपैयाँमा कारोबार हुँदै आएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० छ।
आज चाँदीको मूल्य पनि प्रतितोला रु २० ले घटेको छ। आज चाँदी तोलामा रु एक हजार २४५ कायम भएको छ।
जेठ ३१, २०७९ मंगलबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।