२४ वर्षीय युवतीको बलात्कार गर्ने चार जनालाई १६ घण्टाभित्रै पक्रियो प्रहरीले

२४ वर्षीय युवतीको बलात्कार गर्ने चार जनालाई १६ घण्टाभित्रै पक्रियो प्रहरीले

काठमाडौंः एक २४ वर्षीया युवतीको बलात्कार गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्ट हाउमा २४ वर्षकी युवतीलाई बलात्कार गर्ने काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि बलात्कार गरेको अनुसन्धानमा खुल्न आएको बताए। प्रहरीले घटना भएको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूति गृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको छ। पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको छ।

जेठ ३१, २०७९ मंगलबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।