एसियन कप छनोट: नेपालले इण्डोनेसियाको सामना गर्ने

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले आज इण्डोनेसियाको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। एएफसी एसियन कप छनोटअन्तर्गत आज नेपाल र इण्डोनेसिया भिड्न लागेका हुन्।
खेल नेपाली समयअनुसार राति १ बजे कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ। यस प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो। यसअघिका दुई खेलमा पराजित भएको नेपालको लागि एसियन कपको सम्भावना समाप्त भइसकेको छ। आजको खेल औपचारिकता मात्रै हो।
जेठ ३१, २०७९ मंगलबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।