'लिग टु'मा आज नेपाल र ओमान भिड्दै

काठमाडौंः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु मा आज नेपालले ओमानको सामना गर्नेछ। नेपाली समयअनुसार राति ९:१५ मा नेपाल र ओमानबीचको खेल सुरु हुनेछ।
नेपाल र ओमान यही प्रतियोगितामा यसअघि भिडिसकेका छन्। जसमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। यस्तै नेपालको दोस्रो खेल अमेरिकाविरुद्ध थियो। सो खेल टाइ भएको थियो।
लिग टु मा नेपालले १४ खेलमा १३ अंक मात्र जोड्न सकेको छ। आज ओमानलाई हराउँदै थप २ अंक जोड्न चाहन्छ। यता ओमान अंकतालिकामा शीर्ष स्थानमा छ। ३५ खेलमा ४४ अंक हासिल गरेको छ।
आजको खेलपछि यस त्रिदेशीय प्रतियोगिताको अन्तिम खेल भोलि बुधबार हुनेछ। बुधबार अमेरिकाविरुद्ध नेपालको दोस्रो खेल रहेको छ।
जेठ ३१, २०७९ मंगलबार ०८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।