रुबिनाको कप्तानीमा एसीसी महिला टी-२० क्रिकेट च्याम्पियनसिप टोली

रुबिनाको कप्तानीमा एसीसी महिला टी-२० क्रिकेट च्याम्पियनसिप टोली

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी-२० क्रिकेट च्याम्पियनसिपका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ।

आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान रुबिना, उपकप्तान इन्दु वर्मासँगै, सीता राना मगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनीषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई छन्।

सो प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र युएई छन्। समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्न पाउनेछन्।

जेठ ३१, २०७९ मंगलबार ००:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।