सूर्या लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय प्रशिक्षण

सूर्या लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय प्रशिक्षण

काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरीय विज्नेस बिल्डिङ सेमिनार आयोजना गरेर तीन सय बढी आभिकर्ताहरुलाई प्रशिक्षण दिएको छ। बागमती प्रदेश प्रमुख सुशील चापागाईँको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल,  कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता सङ्घका अध्यक्ष रामबहादुर तामाङ समेत सेमिनारमा उपस्थित थिए।

बागमती प्रदेश प्रमुख सुशील चापागाईँ, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बिमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङ सम्बन्धित प्रशिक्षण दिएका थिए।

कार्यक्रममा २०२३ को एमडिआरटिहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा देश भरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरेर ३ जना विजेता घोषणा गरिएको थियो।

जीवनबीमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरूप सूर्या लाइफले 'मेरो पहिलो पोलिसी' अभियान समेत सुरु गरेको छ। जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार बनाउन नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

जेठ ३०, २०७९ सोमबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।