गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा : गण्डकी प्रदेश सरकारको संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख गुरुङले पेस गरेपछि प्रदेश सभामा एक साता छलफल गरेर पास गरिएको हो। 

सरकारको नीति तथा कार्यक्रम पास भएसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ। प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

मुख्यमन्त्री पोखरेल सरकारले पहिलो पाँच वर्षको कार्यकालमा प्रदेश सभामा प्रस्तुत गर्ने बजेट र नीति तथा कार्यक्रम नै अन्तिम हो। अघिल्लो कार्यकालको बजेट मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले ल्याएको थियो। 

गण्डकी प्रदेशका अघिल्ला तीन वर्ष भने पूर्बमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारले बजेट ल्याएको थियो। 

जेठ ३०, २०७९ सोमबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।