शेयर कारोबार अब सातामा ६ दिन हुने

शेयर कारोबार अब सातामा ६ दिन हुने

काठमाडौंः नेपालमा सातामा ६ दिन शेयर कारोबार हुने भएको छ। यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि खुल्न थालेको शेयर बजार अब आइतबारको बिदा खारेजीपछि पनि शुक्रबार खुल्ने भएको हो।

त्यसअघि आइतबारदेखि बिहीबारसम्म ५ दिन मात्र शेयर बजार खुल्ने गरेको थियो। अब शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर बजार खुल्ने भएको हो। आइतबारदेखि बिहीबारसम्म भने ११ देखि ३ बजेसम्म बजार खुल्नेछ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले लगानीकर्ताको मागअनुसार सातामा ६ दिन शेयर कारोबार गर्ने निर्णय गरिएको बताएका छन्।

जेठ ३०, २०७९ सोमबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।