सोमबार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ९०० कायम भएको छ।

छापावाल सुनको अघिल्लो कारोबार मूल्य ९९ हजार २०० रहेको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेर ९८ हजार ४०० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

जेठ ३०, २०७९ सोमबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।