आइजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं: नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुने भएको छ। सरकारले धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेपछि विश्वराज पोखरेलले दायर गरेको रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। आज मुद्दाको पेशी तोकिएको छ।
पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी बनाएपछि पोखरेल अदालत गएका थिए।
जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासले सिंह लगायतकाको एआइजीमा भएको बढुवाविरुद्ध परेको रिट समेत सोही रिटमै राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।
तर, विपक्षीको म्याद तामेल नभएको खुलेपछि पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्न आदेश दिइएको थियो।
सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको थियो। सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति तोकिएको थियो।
जेठ ३०, २०७९ सोमबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।