बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बाराः महागढीमाई नगरपालिका- ८ थलही पुलबाट गए राति मोटरसाइकल अनियन्त्रित भई २५ फिट तल खस्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अन्दाजी ३० वर्षीय पुरुषद्वयको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे मृत्यु भएको हो।
मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ। बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति साढे १० बजे थलही पुलबाट तल खसेको थियो।
जेठ ३०, २०७९ सोमबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।