कोटेश्वरमा मिनी ट्रकले ठक्कर दिँदा काँडाघारी बस्ने सम्झनाको मृत्यु

कोटेश्वरमा मिनी ट्रकले ठक्कर दिँदा काँडाघारी बस्ने सम्झनाको मृत्यु

काठमाडौंः गए राति काठमाडौंको कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका- ५ घर भई हाल काँडाघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राई रहेकी छिन्।

गम्भीर घाइते भएकी राईको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो। कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई गए राति पौने १० बजे, ठक्कर दिएको थियो।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।

जेठ ३०, २०७९ सोमबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।