विपद् व्यवस्थापन गर्न सरकारसँग ६ अर्ब ७९ करोड रकम मौज्दातमा

विपद् व्यवस्थापन गर्न सरकारसँग ६ अर्ब ७९ करोड रकम मौज्दातमा

काठमाडौंः राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३औं बैठक यतिबेला सिंहदरबारमा बस्दैछ। बैठक गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा बसिरहेको हो।

बैठकले 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९' स्वीकृत गरेको छ। यस वर्ष विपद्बाट करिब २० लाख जनसंख्या प्रभावित हुनसक्ने आकलन गर्दै कार्ययोजना निर्माण गरिएको छ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारसँग हाल मौज्दात रकम ६ अर्ब ७९ करोड ९० लाख ९ हजार रुपैयाँ रहेको छ। जसमध्ये प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा तीन अर्ब पाँच करोड ९१ लाख रहेको छ। यस्तै राष्ट्रिय विपद् व्यवस्थापन कोषमा दुई अर्ब ६ करोड रहेको छ।

प्रदेश विपद् व्यवस्थापन कोष (सातै प्रदेश)मा ५९ करोड ४४ लाख ९० हजार रहेको छ। यता जिल्ला विपद् व्यवस्थापन कोष (७७ जिल्ला) मा एक अर्ब आठ करोड ५४ लाख १९ हजार रुपैयाँ मौज्दात रहेको छ।

जेठ ३०, २०७९ सोमबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।