१० वटा कछुवासहित दुई जना पक्राउ

१० वटा कछुवासहित दुई जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीले १० वटा कछुवासहित दुई जनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसबाट अवैधरूपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको बताए।

उनीहरूबाट कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद भएको छ। 

उनीहरूलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।

जेठ ३०, २०७९ सोमबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।