एमालेको सचिवालय बैठक बस्दै, चार वटा अजेण्डामा छलफल हुने

काठमाडौंः नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।
बैठकमा चार वटा अजेण्डामाथि छलफल हुने भएको छ। स्थानीय तहको निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको लागि प्रशिक्षण, गठन हुन बाँकी पार्टीका केन्द्रीय विभागहरूलाई पूर्णता र समसामयिक राजनीतिक विषयमाथि छलफल हुनेछ।
हिजो एमालेको केन्द्रीय कार्यालय बैठक बसेको थियो। उक्त बैठकले नै सचिवालय बैठकका यी अजेण्डा तय गरेको थियो।
यस्तै हिजोकै बैठकले असार २ र ३ गते स्थानीय तहका एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने पनि तय गरेको थियो।
जेठ ३०, २०७९ सोमबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।