काठमाडौँको गोकर्णेश्वरमा शौचालयमा लडेर एक महिलाको मृत्यु
काठमाडौँ : काठमाडौँको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको हो।
शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जेठ २९, २०७९ आइतबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।