रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

काठमाडौँ : आइएमईले २२ औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रमको आयोजना गरेको छ। केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरु भएको प्रभातफेरी लैनचौर, उत्तर ढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो।
आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धी नारा अङ्कित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत कर्मचारीहरू सहभागी थिए। हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।
जेठ २९, २०७९ आइतबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।