एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालय बैठकको कार्यसूची तय गर्ने

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालय बैठकको कार्यसूची तय गर्ने

काठमाडौंः नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

सोमबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गर्न आज केन्द्रीय कार्यालय बैठक बोलाइएको हो। 

निर्वाचनयता एमालेको पहिलो केन्द्रीय कार्यालय बैठक बस्न लागेको हो। भोलि हुने सचिवालय बैठकमा निर्वाचनको समीक्षा, निर्वाचनमा भएको अन्तर्घातसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ।

जेठ २९, २०७९ आइतबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।