रोनाल्डोविरुद्दको बलात्कारको मुद्दा खारेज भो

रोनाल्डोविरुद्दको बलात्कारको मुद्दा खारेज भो

एजेन्सी : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी एक महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ। अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले  मुद्दा खारेज गरेका हुन्।

रोनाल्डोमाथि अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा बलात्कार गरेको आरोप लगाउँदै सन् २०१८ मा मुद्दा दर्ता गरेका थिए।

मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै न्यायाधीशले  खारेजीको निर्णय गरेका हुन्।

रोनाल्डोले बलात्कारको आरोप अस्वीकार आइरहेका थिए। तर उनले मोटो रकम तिरेर यो केस बाहिरै सेटल गराएको समाचार समेत बाहिरिएको थियो। 

जेठ २९, २०७९ आइतबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।