नेपाल र अमेरिकाबीचको खेल 'टाइ'

नेपाल र अमेरिकाबीचको खेल 'टाइ'

काठमाडौंः आइतबार सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको छ। पहिले ब्याटिङ गरेर नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन जोड्यो।

योसँगै दुवै टोलीले बराबर रन ल्याएपछि खेल टाइ भयो। दुवै टोलीले १-१ अंक बाँडेका छन्।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रनको पारी खेले। आसिफ शेखले ६१, देव खनालले ५४ रनको पारी खेले। नेपालले निर्धारित ५० ओभर खेल्न सकेन। ४९ ओभर २ बलमै नेपाली टोली अलआउट भएको थियो।

बलिङतर्फ नेपालका आदिल आलमले २, सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

आदिल प्लयेर अफ द म्याच पनि चुनिए। उनले अन्तिम ओभरमा गरेको उत्कृष्ट बलिङले जितोन्मुख अमेरिकालाई रोकेको थियो।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको अवस्थामा आदिलले पाँच रन मात्र दिए। अन्तिम दुई बल बाँकी छँदा अमेरिकालाई जितका लागि १ रन मात्र आवश्यक थियो। तर आदिलले पाँचौं बलमा आरोन जन्स र छैटौं बलमा राहुल जरिवालालाई आउट गरे। 

ब्याटिङतर्फ अमेरिकाका स्टेभेन टेलरले ११४ रनको पारी खेले। मोनांक पटेलले ८५ रन बनाउँदा आरोन जन्सले २६ रन बनाए। यस्तै सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन बनाए।

जेठ २९, २०७९ आइतबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।