एएफसी एसियन कप छनोट: कुवेतसँग ४-१ ले हार्यो नेपाल

काठमाडौंः गए राति भएको नेपाल र कुवेतबीचको फुटबल खेलमा नेपाल पराजित भएको छ। एएफसी एसियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो।
यसअघि जोर्डनसँग नेपाल २-० गोलअन्तरले पराजित भएको थियो।
हिजो भएको खेलमा कुवेतले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो। कुवेतका लागि युसेफ अलसुलिमानले दुई र फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे।
नेपालका लागि एक गोल दर्शन गुरुङले गरे।
यो हारसँगै नेपाल अंकविहीन हुँदै तालिकामा पुछारमा पुगेको छ। अब एसिया कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ।
नेपालले अब ३१ जेठमा अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
जेठ २९, २०७९ आइतबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।