आजको मौसम: प्रदेश १, मधेश र बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना

आजको मौसम: प्रदेश १, मधेश र बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज नेपालका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशभर सामान्य बदली रहेको छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

जेठ २९, २०७९ आइतबार ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।