जापानी राजदूत र सशस्त्र आइजिपी अर्यालबिच भेटवार्ता

जापानी राजदूत  र सशस्त्र आइजिपी अर्यालबिच भेटवार्ता

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि जापानी राजदूत एचई श्री किकुता यूताकाबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा भेटवार्ता भएको छ ।

भेटवार्तामा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको महानिरीक्षक सचिवालयले जानकारी दिएको छ।

भेटमा नेपालको सङ्घीय संरचनामा सशस्त्र प्रहरी  केन्द्रीय सुरक्षा निकायको रूपमा रहनुको साथै  विपद् व्यवस्थापनमा अहम् भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनहरुको बारेमा समेत जानकारी गराइएको थियो।

जापानी राजदूतको तर्फबाट नेपाल र जापानबिचको सम्बन्ध, नेपाललाई सधैँ सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरीको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनाबारेमा कुराकानी भएको थियो।

भेटवार्तामा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का समेत सहभागी थिए।

जेठ २८, २०७९ शनिबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।