नाइजेरियामा मङ्कीपक्स संक्रमितको संख्या ३१ पुग्यो

नाइजेरियामा मङ्कीपक्स संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौँ : सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)ले भनेको छ, “नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद विरामी भेटिएको र कूल १२ राज्यमा यो अवधिमा ३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

उक्त रिपोर्टअनुसार नाइजेरियामा मङ्कीपक्स प्रकोपको खतरा धेरै भएको कारण मे महिनादेखि राष्ट्रिय आकस्मिक परिचालन केन्द्रलाई सक्रिय बनाइएको छ।

मङ्कीपक्सका लक्षणहरूमा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी र बङ्गारामुनि ग्रन्थी बढ्ने त्यसपछि अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्ताङ्ग र शरीरको अन्य भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पीप जम्ने समस्या देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 
  
विश्वभरका विभिन्न देशहरूमा अचानक मङ्कीपक्स देखा पर्दा यो भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूभन्दा बाहिर केही समयदेखि फैलिरहेको देखिन्छ।
 

जेठ २८, २०७९ शनिबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।