दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला
दार्चुला : यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।
महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २८, २०७९ शनिबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।