नागरिकको जिउ धनको सुरक्षा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री खाँण 

नागरिकको जिउ धनको सुरक्षा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री खाँण 

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जिउ धनको सुरक्षा गर्ने कार्य सरकारले पहिलो प्राथमिकता राखेको बताएका छन्। चितवन कुरिनटारमा आज ९शनिबार० विपद् व्यवस्थापन तालिम शिक्षालयको गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उनले बेमौसमी वर्षाबाट ठुलो धन जनको क्षति हुने देशमा गोताखोर आवश्यक रहेको बताए। 

उनले हराएका मानिसहरूको उद्धारको लागि बंगलादेशबाट समेत गोताखोर ल्याउनुपर्ने भएकाले अहिले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए।

यो वर्ष गत वर्षभन्दा धेरै वर्षा हुने आङ्कलन भएकाले त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक रहेको बताए। उनले शान्ति सुरक्षा र सीमाको रक्षा गर्दै विपद्बाट बचाउनु सुरक्षाकर्मीको दायित्व भएको बताए।

उनले चितवन धादिङ, तनहुँ र कास्कीका प्रजिअलाई पहिरोले बर्सेनि हुने जनधनको क्षतिमा मिलेर काम गर्ने आग्रह गरे। उनले यसका लागि आवश्यक मेसिन र जनशक्ति र बजेटको व्यवस्थापनका लागि गृह मन्त्रालयले समन्वय गर्ने बताए। 

विपद् सम्बन्धी तालिम पनि आवश्यक भएको भन्दै विपद् सम्बन्धी तालिम लिएकै हुनुपर्नेमा उनले जोड दिए। मुग्लिङ नारायणघाटको बाटो ४ लेनको बनाउँदा पहाड बढी काटिएकाले बढी पहिरो जाने गरेको उनले बताए। विकास परियोजनाले प्राकृतिक विपद्को सामना कतिको गर्न सक्छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

शिक्षालयलाई आवश्यक जनशक्ति र उपकरणको लागि गृह मन्त्रालयले सहयोग गर्ने मन्त्री खाँणले बताए। विपद् सम्बन्धी सचेतता जरुरी भएको भन्दै मौसमको सूचना विद्यालय विश्वविद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई त्यो खालको शिक्षा दिनुपर्ने उनले बताए। उनले महिला पनि गोताखोरको तालिममा सहभागी गराउन आग्रह गरे। 

सो कार्यक्रममा विपद् व्यवस्थापन प्राधिकरणले ९७ लाख बराबरको उद्धार सामग्री तालिम शिक्षालयलाई हस्तान्तरण गरेको थियो।

जेठ २८, २०७९ शनिबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।