एसियन कपमा पहिलो जितका लागि नेपाल र कुवेत भिड्दै

एसियन कपमा पहिलो जितका लागि नेपाल र कुवेत भिड्दै

काठमाडौँ : एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले आज शनिवार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। आयोजकसमेत कुवेतविरुद्ध नेपालले नेपाली समय अनुसार बेलुका १० बजे प्रतिस्पर्धा गर्दैछ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा खेल हुँदैछ। नेपाल यसअघि बलियो टोली जोर्डनविरुद्ध २–० ले पराजित भएको थियो।

आयोजक कुवेत र नेपाल दुवै पहिलो जित निकाल्ने योजनामा छन्। पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो। छनोटको समूह ए मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा छ। कुवेत पनि अङ्क विहीन रहँदै तेस्रो स्थानमा छ। जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छन्।

नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन्। यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ।

जेठ २८, २०७९ शनिबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।