घटनास्थलमा खसेको मोबाइलको आधारमा समातिए ३५ लाख लुट्ने आरोपी

काठमाडौँ : घटनास्थलमा खसेको मोबाइलको आधारमा काठमाडौँको लैनचौरमा ३५ लाख लुटपाट गरेर भागेका एक जना दाङमा पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका-१० का २५ वर्षीय सुदन नेपाली पक्राउ परेका हुन्।
एक समूहले सस्तोमा सुन दिने प्रलोभनमा पारेर एक व्यापारीको ३५ लाख लुटेका थिए। पैसा खोसाखोस हुँदा एक मोबाइल खसेको थियो। त्यसैको आधारमा अनुसन्धान गर्दा सुदन नेपाली पक्राउ परेका हुन्।
उनी दाङ भालुवाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
नेपालीसहित केही युवाहरूले काठमाडौँको लैनचौरमा जेठ ८ गते अपराह्नमा ३५ लाख लुटेका थिए। ३५ लाखमा धेरै सुन पाउने लोभमा व्यापारी पैसा लिएर लैनचौर जाँदा लुटिएका थिए।
जेठ २८, २०७९ शनिबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।