पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं : पूर्व जनसंख्या मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित चौधरीको शुक्रबार राति भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा चौधरी मन्त्री बनेकी थिइन्। त्यसबेला उनी नेकपा (संयुक्त)को सांसद थिइन्।
उनी संविधानसभा सदस्यसमेत रहेकी थिइन्। मिथिलाका श्रीमान्, एक छोरा र दुई छोरी छन्।
जेठ २८, २०७९ शनिबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।