युइएफए नेसन्स लिग : फ्रान्स र अष्ट्रिया बराबरी

काठमाडौं : डिफेन्डिङ च्याम्पियन फ्रान्सले युइएफए नेसन्स लिगमा अस्ट्रियासँग बराबरी खेलेको छ। शुक्रबार राति भएको खेलमा फ्रान्स घरेलु टोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफको ३७औं मिनेटमा एन्ड्रिएस वेइमानले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए। तर फ्रान्सका केलियन एमबाप्पेले बराबरी गोल गर्दै आफ्नो टोलीलाई हारबाट जोगाएका थिए।
एम्बाप्पेले ८३औं मिनेटमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए। उनले खेलाडी क्रिस्टोफोर एनकुकुको पासमा गोल गरेका थिए।
फ्रान्ससँग बराबरी खेलेको अस्ट्रिया दुई खेलबाट चार अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ। फ्रान्सले भने तीन खेलबाट दुई अंक मात्रै प्राप्त गरेको छ।
जेठ २८, २०७९ शनिबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।