मौसम पूर्वानुमान : आज देशभर हल्कादेखि मध्यम वर्षा

मौसम पूर्वानुमान : आज देशभर हल्कादेखि मध्यम वर्षा

काठमाडौं : आज देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज दिनभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यस्तै तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाल जनाएको छ। अनुरोध गरेको छ।

मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।

जेठ २८, २०७९ शनिबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।