आज बञ्चरे डाँडामा १५३ ट्रक फोहोर निर्वाध विसर्जन

आज बञ्चरे डाँडामा १५३ ट्रक फोहोर निर्वाध विसर्जन

काठमाडौं : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा आज निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ।

हिजो (बिहीबार) बेलुका ७ बजेदेखि आज (शुक्रबार) बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमतिअनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो । 

आज काठमाडौंको १५३ ट्रक फोहोर बञ्चरे डाँडामा व्यवस्थापन भएको छ। साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन।

भोलिदेखि तालिकाबद्ध र पूर्ववत काम गर्ने वातावरण बनेको उनले बताए।

जेठ २७, २०७९ शुक्रबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।