चीन र रुस जोड्ने पहिलो पुल सञ्चालनमा

चीन र रुस जोड्ने पहिलो पुल सञ्चालनमा

मस्को : चीन र रुस राजमार्गको पहिलो पुल यातायातका लागि सञ्चालमा आएको छ। दुवै मुलुकले शुक्रबार पुल उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। युक्रेनमाथि गरेको हमलाका कारण पश्चिमा मुलुकमा जारी तनावका बिच रुसले चीनसँग जोड्ने पहिलो पुलको भव्य उद्घाटन गर्दै नयाँ मार्ग खुला गरेको मस्को टाइम्समा उल्लेख छ। 

उद्घाटन समारोहपछि  मालवाहक ट्रकका लागि पुल खुला गरिएको बताइएको छ। करिब १ किलोमिटर लामो सो पुल अमुर नदीमाथि निर्माण गरिएको छ भने सो पुलले सुदूरपूर्वी रुसको शहर ब्लागोवेश्चेस्क र चीनको उत्तरी सहर हिहे जोड्छ। सो पुल सन् २०१९ मा निर्माण सम्पन्न भएको थियो।

विश्वव्यापी कोरोना महामारीका कारण सो पुल उद्घाटन हुन सकेको थिएन। सो पुल निर्माणमा करिब १९ बिलियन रुवेल (३१८ मिलियन डलर_रकम खर्च भएको बताइएको छ। 

मस्को टाइम्सका अनुसार रुसी यातायात मन्त्री विट्ली स्याभलिभको उपस्थितिमा सो पुलको उद्घाटन गरिएको हो। पुलमार्फत दुवै देश जोडिएपछि दुई देशबीचको आर्थिक एवं कूटनैतिक सम्बन्ध झनै प्रगाढ रहने यातायात मन्त्रीले विश्वासले गरेका छन्। सो पुलमार्फत दैनिक ६३० मालवाहक ट्रक, १६४ बस र ६८ वटा अन्य साधन मात्र चलाइने छन्।

जेठ २७, २०७९ शुक्रबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।