मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन

मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।

उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। 

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो। 
 

जेठ २७, २०७९ शुक्रबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।