नारायणगढ–मुग्लिङको जाम खुल्यो

नारायणगढ–मुग्लिङको जाम खुल्यो
फाइल तस्बिर

काठमाडौंः पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडकको जाम खुलेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो। बुधबार रातिदेखि पहिरोका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

हाल उक्त स्थानमा सवारीको लामो लाइन भएका कारण सडक पार गर्न घण्टौं समय लाग्ने देखिएको छ।

जेठ २७, २०७९ शुक्रबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।