पृथ्वी राजमार्गको सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

काठमाडौंः पृथ्वी राजमार्गको सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक आज बिहान सडक भासिएको थियो।
मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको हो। मृतक दुवैको सनाखत हुन सकेको छैन। जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ।
उनले भने, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ।”
हाल सो स्थानमा बेलीबृजबिना यातायात सुचारु हुन असम्भव देखिएपछि सवारीहरूलाई जताबाट आएको त्यतै फर्काइएको छ। यसअघि मुग्लिङतर्फ जाँदै गरेको कार र मोटरसाइकल नदीमा खसेको देखिएको थियो।
जेठ २७, २०७९ शुक्रबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।